टोरेसको ह्याट्रिकमा स्पेनको सानदार जित, जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

युवा विंगर फेरान टोेरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेन युइएफए नेसन्स लिगमा विजयी भएको छ । फाइनल्समा पुग्न जित्नै पर्ने खेलमा टोरेसले ह्याट्रिक मद्दतमा स्पेनले जर्मनीलाई ६–०को फराकिलो अन्तरले हरायो ।

यो जितसँगै स्पेन नेसन्स लिगको फाइनल्समा प्रवेश गरेको छ । ६ खेलमा ११ अंक जोडेको स्पेन लिग एको ग्रुप डीमा शीर्ष स्थानमा रह्यो । ९ अंकका साथ जर्मनी दोस्रो स्थानमा रह्यो ।

१७औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा टोरेसले गोल गरेपछि स्पेनले अग्रता दोब्बर बनायो । ३८औं मिनेटमा रोड्रीले गोल गरेपछि पहिलो हाफमा स्पनेले जर्मनीविरुद्ध ३–०को अग्रता लियो ।

५५ र ७१औं मिनेटमा टोरेसले गोल गर्दै करियरको पहिलो ह्याट्रिक पुरा गरेपछि स्पेनले ५–०को अग्रता लियो । त्यसपछि ८९औं मिनेटमा मिकेल ओयासावेलले गोल गरेपछि स्पेनले जर्नमीमाथि ६–०को फराकिलो जित निकाल्यो ।

यसै समूहको स्वीट्जरल्याण्ड र युक्रेनबीचको खेल ने रद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP