रियल मड्रिड र बार्सिलोनाका दुई खेलाडीसहित स्पेनिस टिम फुटबल खेल्न नेपालमा

Read Time:4 Minute

स्पेनिस क्लबद्वय रियल मड्रिड र बार्सिलोनाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास अहिले नेपालमा छन्। नेपालमा दुई मैत्रीपूर्ण खेलका लागि स्पेनिस दोस्रो डिभिजन क्लब कासेरेन्योको टोलीसँगै डे ला रेड र सालिनास नेपाल आएका हुन्।

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यवसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोनाजस्ता ठूला क्लबहरूबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

१९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए । उमेर समूहमा उनले स्पेनको राष्ट्रिय टिमबाट २००४ मा १९ वर्षमुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए ।

रियलकै एकेडेमीका उत्पादन डे ला रेडले सन् २००५ देखि २०१० सम्म रियलको सिरियन टिमबाट खेलेका थिए। त्यसबीचमा उनले रियलका लागि २१ खेल खेल्दै ३ गोल गरेका थिए। त्यसबीच उनले एक सिजन गेटाफेबाट पनि खेले । उनले गेटाफेबाट ४९ खेल खेल्दै ८ गोल गरेका थिए।

डे ला रेडले स्पेनबाट ३ खेल खेल्दै १ गोल गरेका छन्। खेलाडी जीवन टुंग्याएपछि उनी प्रशिक्षणमा लागेका थिए । सन् २०१२ देखि २०१५ सम्म रियलको युथ टिम रहेका उनले त्यसपछि २०१५–२०१६ सम्म गेटाफेको बी टिम पनि हेरेका थिएश्र

रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ।

स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ ।

यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

Happy
Happy
25 %
Sad
Sad
0 %
Excited
Excited
58 %
Sleepy
Sleepy
8 %
Angry
Angry
0 %
Surprise
Surprise
8 %
Previous post सल्कविकले अन्तिम बलमा छक्का हानेपछि लुम्बिनीको लगातार तेस्रो जित
Next post विदेशी खेलाडी फेरि चम्किए, काठमाडौंसँग जनकपुर ५३ रनले पराजित
Close