सुपरकपको सेमिफाइनलमा रियल मड्रिड र बार्सिलोना भिड्ने

स्पेनिस फुटबल फेडेरेसनले सुपरकपको ड्र सर्वाजनकि भएको छ । आइतबार सर्वाजनिक ड्र अनुसार सुपरकप सेमिफाइनलमा रियल मड्रिड र बासिर्सलोना भिड्ने भएका छन्।

बार्सिलोना अघिल्लो सिजनको फाइनलिस्ट हो भने रियल सेमिफाइलनमा एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो।

यस्तै अर्को सेमिफाइनलमा ला लिगा च्याम्पियन एट्लेटिको मड्रिड र डिफेन्डिङ च्याम्पियन एथ्लेटिको बिल्बाओ भिड्ने छन् ।

रियल र एट्लेटिको ला लिगाका शीर्ष दुई टिमका हैसियतले सुपर कपमा छानिएका हुन् भने बार्सिलोना र बिल्बाओ कोपा डेलरेको फाइनलिस्टका रुपमा सुपर लिगमा छनोट भएका हुन्।

प्रतियोगिता आगामी जनवरीमा साउदी अररब आयोनजा हुने छ। प्रतियोगितको मिति केही दिनमा सर्वाजनिक गरिने फेडेरेसनले जनाएको छ।

गत सिजन बार्सिलानोलाई हराउँदै बिल्बाओले सुपरकप जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकोपा जितेको छ भने रियलले ११ उपाधि जितेको छ।

Facebook Comments Box