सुआरेज ६ साता मैदानबाहिर

बार्सिलोनाका स्टार स्ट्राइकर लुइस सुआरेज ६ साता मैदान बाहिर रहने भएका छन् । घुँडाको सल्यक्रिया गर्नुपर्ने भएपछि उरुग्वेयन स्ट्राइकर सुआरेजले ६ साता मैदान बाहिर रहने भएका हुन् ।

पछिल्लो एक सातादेखि ३२ वर्षीय सुआरेजको घुँडामा समस्या देखिएको थियो । बिहीबार राति भएको स्पेनिस सुपरकोपा अन्तर्गत एट्लोटिको मड्रिडविरुद्धको खेलपछि घुँडामा थप दुखाई महसुस सुआरेजले शनिबार घुँडाको चेकअप गरेका थिए ।

उपचारमा संलग्न डाक्टर रोमन क्याग्टले सल्यक्रियापछि मात्र सुआरेजको घुँडामा के भएको हो भन्ने पत्ता लाग्ने बताएका छन् । उनको घुँडाको शल्यक्रिया आइतबार नै गरिने बार्सिलोनाले जनाएको छ ।

घुँडाको समस्याकै कारण सुआरेजले पछिल्लो एकसाता शतप्रतिशत खेल देखाउन सकिरहेका थिए । दुघाइकै कारण एट्लेटिकोविरुद्ध पनि सुआरेजले इन्जेक्सन लगाएर खेलेको बताएको छ ।

घुँडाको सल्यक्रिया गर्नुपर्ने भएपन्छि सुआरेजले कम्तिमा ७ खेल गुमाउने पक्का भएको छ । उनले ला लिगाका ग्रानाडा, भ्यालेन्सिया, लेभान्टे, रियल बेटिस, गेटाफे र इबारविरुद्धको खेल गुमाउने छन् । यस्तै, उनले च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को नापोलीविरुद्धको खेल पनि गुमाउने छन् ।

सुआरेजले यो सिजनमा २३ खेलमा १४ गोल गरेका छन् । गत डिसेम्बरमा ला लिगा ‘प्लेयर अफ दी मन्थ’ बनेका सुआरेजले लिगमा ११ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.