बर्नेमाउथले टोटह्यामलाई रोक्यो

रेलिगेनस जोनमा रहेको बर्नेमाउथले टोटनह्यामलाई बराबरीम रोकेको छ । बिहीबार राति घरेलु मैदानमा बर्नेमानउथले टोटनह्यामलाई गोलरहित बरारबीमा रोकेको हो ।

खेलमा बल पोजेसन राम्रो बनाएपनि टोटह्याम गोल गर्न असफल भयो । बर्नेमाउथले दोस्रो हाफमा एक गोल गरेका पनि थियो, भारमार्फत सो गोल रद्द भएको थियो । खेलमा टोटनह्यामले एउट सट फ्रेममा प्रहार गर्न सकेन । बोर्नेमाउथका २ प्रहार फ्रेममा थिए ।

बराबरीपछि पनि बर्नेमाउथ रेलिगेसन जोनमै छ । उ २८ अंकका साथ १८ औं स्थानमा छ भने टोटनह्याम ४९ अंकका साथ नवौं स्थानमा छ ।

यसैगरी बिहीबार राति नै भएको खेलमा साउथह्याम्पटन र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् । साउथह्याम्पटनका ड्यानी इंग्सले ३१औं मिनेटमा गोल गरेका थिए भने एभर्टनका रिचार्लिसनले ४४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.