पोर्चुगिज टिम छाड्दै युनाइटेड फर्किए रोनाल्डो

Read Time:1 मिनेट

विश्वकप छनोट खेलिरहेको पोर्चुगिज टिमका कप्तान क्रिस्टियानो रोनाल्डो टिम छाड्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका छन्। भर्खरै युनाइटेडमा आबद्ध भएका रोनाल्डोले पोर्चुगिज टिमले रिलिज गरेपछि युनाइटेड फर्किएका हुन्।

गतसाता मात्र इटालियन क्लब युभेन्टस छाड्दै १२ वर्षपछि रोनाल्डो युनाइटेड फर्किएका थिए । इंग्ल्यान्डमा ५ दिन क्वारेन्टिन बसेपछि उनले युनाइटेडमा प्रशिक्षण थाल्नेछन्।

३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । यसअघि उनले सन् २००६ देखि २००९ सम्म युनाइटेडमा बिताएका थिए । सो अवधिमा उनले च्याम्पियन्स लिग, प्रिमियर लिग, बालोन डे’अरलगायत सबै उपाधि जितेका थिए ।

६ सिजन युनाइटेडमा बिताउँदा आफूलाई क्लबको लिजेन्ड खेलाडीका रुपमा स्थापित गरेका रोनाल्डोले २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

युनाइटेडमा रोनाल्डोले पुनः ७ नम्बरको जर्सी लगाउने छन् । रोनाल्डोलाई ७ नम्बरको जर्सी दिन प्रिमियर लिगले आफ्नो नियम नै परिवर्तन गरेको थियो। रोनाल्डोले सप्टेम्बर ११ हुने न्युकासलविरुद्धको खेलमार्फत प्रिमियर लिगमा पुनरागमन गर्ने बताइएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सी डिभिजन छनोटका नाममा गरिब क्लबहरूमाथि एन्फाको ‘ब्रह्मलुट’
Next post भारतीय कम्पनी केआई स्पोर्ट्सले गर्‍यो रुबिनालाई प्रायोजन
Close