क्यामरुनको पूर्वकप्तानको निधन

क्यामरुनी फुटबल टिमका पूर्वकप्तान स्टेफन टटावको निधन भएको छ । क्यामरुनका स्टार डिफेन्डर टटावकको ५७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

टटावको निधनका कारण भने खुलाइएको छैन । टटावले सन् १९८६ देखि १९९४ सम्म क्यामरुनका लागि खेलेका थिए । त्यसबीच उनले ६३ खेल खेल्दै ३ गोल गरेका थिए ।

टटावकै कप्तानीमा क्यामरुनले इटालीमा भएको सन् २०९०को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सो विश्वकपमा अन्र्जेटिन्टा, रोमानिया र कोलम्बियालाई हराउँदै क्वार्टरफाइलनसम्म पुगेको थियो । क्वार्टरफाइलनमा भने क्यामरुन अतिरिक्त समयमा इंग्ल्यान्डसँग ३–२ले पराजित भएको थियो । क्यामरुन विश्वकपको अन्तिम ८मा पग्ने पहिलो अफ्रिकन मुलुक हो ।

टटावले सन् १९८८मा अफ्रिका कप अफ नेशन्स जितेका थिए । टटावले जापानिज क्लब टोसु फुटुरेसबाट जापानिज लिग पनि खेलेको थिए । उनी जपानिज लिग खेल्ने पहिलो व्यवसायिक अफ्रिकन खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP