न्युकासलले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक

Read Time:1 Minute

इंग्लिस प्रियिमर लिग क्लब न्युकासल युनाइटेडले मुख्य प्रशिक्षक स्टिभ ब्रुसलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा निरन्तन खराब प्रदर्शन गरेपछि न्युकासलले ब्रुसलाई बुधबार बर्खास्त गरेको हो।

साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्डले न्युकासल किनेको १३ दिनपछि नै प्रशिक्षक ब्रुसलाई बर्खास्त गरेको हो। उनी सन् २०१९मा न्युकासलको प्रशिक्षक बनेका थिए।

ब्रुस बर्खास्तीमा परेसँगै ग्रेमी जोन्स न्यसकासको अन्तरिम प्रशिक्षक बनेका छन् । उनकै प्रशिक्षमा न्युकासलले आगामी शनिबार क्रिस्टल प्यालेसको भ्रमण गर्ने छ। उनलाई स्टिभ एग्न्यू, स्टेफन क्लेमेन्स, बेन डाउसन र सिमोन स्मिथले प्रशिक्षणमा सघाउने छन्।

ब्रुसको बर्खास्तीपछि न्युकासलको मुख्य प्रशिक्षकका रुपमा इटालिन क्लब रोमाका पूर्व प्रशिक्षक पाउलो फोन्सेकाको चर्चा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला क्रिकेट टिमको बन्द प्रशिक्षण कीर्तिपुरमा सुरु
Next post लगातार दोस्रो जितसँगै श्रीलंका टि–२० विश्वकपको सुपर १२ मा
Close