बेकह्याम र जेरार्डलाई हल अफ फेम सम्मान

इंग्लिस प्रियिमर लिगले प्रिमियर लिग तथा इंग्ल्यान्ड पूर्वस्टार फुटबलरद्वय डेविड बेकह्याम र स्टेभन जेरार्डलाई प्रतिष्ठिन ‘हल अफ फेम’ सम्मान दिएको छ।

फ्यानहरुको भोटिङका आधारमा म्यान्चेस्टर युनाइटेडका पूर्वस्ट्राइकर बेकह्याम र लिभरपुलका कप्तान तथा मिडफिल्डर जेरार्डलाई ‘हल अफ फेम’ सम्मान दिइएको हो।

हल अफ फेमका लागि सन् २०२० अगस्त १ सम्म सन्न्यास लिएका ३२ जना खेलाडी मोमिनेसनमा परेका थिए।

हल हफ फेम सम्मान पाउने बेकह्याम र जेरार्ड सातौं र आठौं खेलाडी हुन्। यसअघि फ्रान्क लाम्पार्ड, एलन शियरर, थियरी हेनरी, रोय केन र एरिक क्यान्टोनाले हल अफ फेम सम्मान पाइसकेका छन्।

१७ वर्ष लिभरपुलमा बिताएका जेरार्डले ७१० खेल खेलेका थिए । सो अवधिमा उनले च्याम्पियन्स लिगसहित ९ ट्रफी जितेका छन् । हल हफ फेमका लागि मनोनयनमा पर्ने जेरार्ड प्रिमियर लिग उपाधि नजित्ने पहिलो र लिभरपुलका पनि खेलाडी हुन्।

४० वर्षीय जेरार्डले लिभरपुलका १८६ गोल गरेका छन् । उनले इंग्ल्यान्डका लागि ११४ खेलमा २१ गोल गरेका छन्।

यस्तै डेविड बेकह्याम ‘हल अफ फेम’ पाउने म्यान्चेस्टर युनाइटेडका तेस्रो खेलाडी बनेका छन्। यसअघि यो सम्मान युनाइटेडका रोय केन र इरिक क्यान्टोनाले पाइसकेका छन् ।

उलने युनाइटेडका लागि सन् १९९२ देखि २००३ सम्म खेलेका थिए। सो अवधिमा उनले ३९४ खेल खेल्दै ८५ गोल गरेका छन् । उनले ६ प्रियिमर लिग, २ च्याम्पियन्स लिगसहित १२ उपाधि जितेका छन्। उनले इंग्ल्यान्डका लागि ११५ खेलमा १७ गोल गरेका छन्।

उलने रियल मड्रिड, पिएसजी, एसी मिलान, एलए ग्यालेक्सीलगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका छन्।

Facebook Comments Box