जेरार्ड बने एस्टन भिल्लाको मुख्य प्रशिक्षक

Read Time:2 Minute

इंग्ल्यान्ड तथा लिभरपुलको पूर्वस्टार स्टेभन जेरार्ड प्रियिमर लिग क्लब एस्टन भिल्लाको मुख्य प्रशिक्षक बनेका छन्। गत सातामात्र मुख्य प्रशिक्षक डियन स्मिथलाई बर्खास्त गरेको भिल्लाले ४१ वर्षीय जेरार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

स्कटिस क्लब रेन्जर्स छाड्दै एस्टन भिल्ला आएका जेरार्डले क्लबसँग साढे २ वर्षको सम्झौता गरेका छन्। जारी लिगमा लागतार ५ हार व्यहोरो लगत्तै स्मिथलाई बर्खास्त गर्दै भिल्लाले जेरार्डलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको थियो।

प्रिमियर लिगका ११ खेलमा ३ जित, १ बरारबी र ७ हार बेहोरोका भिल्ला १७औं स्थानमा छ । र, रेलिगेसन जोनका क्लबभन्दा भिल्लाको २ अंकमात्र बढी छ।

जेरार्डले प्रशिक्षका रुपमा प्रिमियर लिगको यात्रा नोभेम्बर २०बाट सुरू गर्ने छन्। नोभेम्बर २०मा भिल्लाले ब्राइटनको सामाना गर्नेछ।

खेलाडीका रुपमा सफल जेरार्ड प्रशिक्षका रुपमा पनि सफल छन्। स्कटिस क्लब रेन्जर्सबाटै प्रशिक्षण यात्रा थालेका उनले त्यहाँ साढे तीन वर्ष बिताए । रेन्जर्समा उनले कुल १९३ खेल खेलाउँदा १२५ जित, ४२ बराबरी र २६ हारको मात्र सामना गरेका छन्।

जेरार्डकै प्रशिक्षमा रेन्जर्स ९ वर्षपछि गत सिजन स्कटिस लिग च्याम्पियन बनेको थियो। यो क्रममा उसले सेल्टिकको ९ वर्ष लामो उपाधि यात्रामा पूर्णविराम लगाएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिग सातामा तीन दिन मात्र हुने
Next post टिममेटमाथि आक्रमण आरोपमा पिएसजीकी खेलाडी हिरासतमा
Close