एस्टन भिल्लाको लय कायमै, लेस्टर सिटी १–०ले पराजित

Read Time:1 Minute

गत सिजन मुस्किलले रेलिगेसनबाट बचेको एस्टन भिल्लाले यो सिजन उत्कृष्ट प्रदर्शन गरिररेको छ । अघिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७–२ले हराउँदै सबैलाई चकित बनाएको एस्टन भिल्लाले आइतबार राति लेस्टर सिटीलाई १–०ले हराउँदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।

४ खेलमा शतप्रतिशत नतिजा निकालेको भिल्ला १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एकखेल बढी खेलेको एभर्टन १३ अंकसहित शीर्ष स्थानमा छ । भिल्ला प्रियिमर लिगमा शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम हो ।

प्रतिस्पर्धात्मक खेलमा भिल्लालाई जित दिलाउन रोस बार्कलीले गोल गरे । उनले दोस्रो हफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । खेलमा लेस्टरले ५१ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले भिल्लाको पोस्टमा ११ सट प्रहार गर्दा ५ सट फ्रेममा थिया । यता, भिल्लाले १० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

यसैगरी आइतबार नै भएका अन्य खेलमा क्रिस्टल प्यालेस र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् भने सेफिल्ड युनाइटेड र फुलह्यामले पनि १–१ गोलको बराबरी खेले ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

21 thoughts on “एस्टन भिल्लाको लय कायमै, लेस्टर सिटी १–०ले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकै खेलमा दुई सुपरओभर, पञ्जाबले मुम्बईलाई हरायो
Next post ब्राभो दुई साता मैदानमा बाहिर रहने
Close