राष्ट्रिय टिममा सुदीप गुरुङको डेब्यू, जगजितको पुनरागमन

Read Time:1 मिनेट

मिडफिल्डर सुदीप गुरुङले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका छन् । शनिबार भएको मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा सुदीपले डेब्यूको अवसर पाएका हुन्।

उनी ८५औं मिनेटमा सुरज ज्यू ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए । सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सुदीपलाई राष्ट्रिय टिममा बोलाएका थिए।

युवा खेलाडीलाई एक्सपोजर दिन दुई मैत्रीपूर्ण खेलका लागि अलमुताइरीले २ फरक टिम घोषणा गरेका थिए । जसमा पहिलो मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको टिममा सुदीपसँगै टिकेन्द्र थापा, आकाश बुढा मगर र कृतिश रत्न छुन्जु पनि नयाँ अनुहार थिए । तर, ती मध्ये सुदीपले मात्रै डेब्यूको मौका पाए।

यसैगरी जगजित श्रेष्ठले ७ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। सन् २०१५ यता राष्ट्रिय टिमबाट बाहिर रहेका जगजित मोरिससविरुद्ध ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्लोज क्याममा रहेका सन्दीप, जितेन्द्र र आरिफमा कोरोना संक्रमण
Next post घरेलु मैदानमा पहिलो जितपछि अलमुताइरीले भने– खेलाडीहरुले मुटुले खेलेर जिते, तर सन्तुष्ट छैन
Close