भारतका सुनिल क्षेत्री अन्तर्राष्ट्रिय गोलमा मेसीभन्दा अघि

भारतीय कप्तान सुनील क्षत्रीले अन्तर्राष्ट्रिय गोलमा अर्जेन्टिनी स्टार लियोनल मेसीलाई उछिनेका छन् । विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा बंगलादेशविरुद्धको खेलमा २ गोल गर्दै सुनिलले अन्तर्राष्ट्रिय गोलमा मेसीलाई उछिनेका हुन्।

सुनिल क्षेत्रीले ११७ खेलमा ७४ गोल गरेका छन् भने मेसीले १४३ खेलमा ७२ गोल गरेका छन् । मेसीले अघिल्लो साता विश्वकप छनोटमा चिलीविरुद्ध गोल गर्दै सुनिलको रेकर्ड बराबरी गरेका थिए ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सूचीमा सुनिल १०औं स्थानमा छ भने मेसी १३औं स्थानमा छ । यो सूचीको शीर्ष स्थानमा १०९ गोल गरेका इरानका अली दाइ छन् भने १०३ गोल गरेका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। युरोकप र विश्वकप छनोट खेल रहेकाले रोनाल्डोले यसैबर्ष अली दाइको रोकर्ड तोड्न सक्ने छन्।

अहिले खेलिरहेका खेलाडी मध्ये सुनिल क्षेत्री दोस्रो स्थानमा छन भने मेसी चौथो स्थानमा छन्। यो सूचीमा रोनाल्डो शीर्ष स्थानमा छन्।

Facebook Comments Box