क्रिस्टल प्यालेससँग टोटहमको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा नुनो स्प्रिन्टो सान्टोको टिम टोटनहमले लल्जास्पद हाल बेहोरोको छ । शनिबार साँझ भएको टोटनहम क्रिस्टल प्यालेससँग ३–०ले पराजित भएको हो।

१० खेलाडीमा सीमित टोटनहमविरुद्ध क्रिस्टल प्यालेसलाई जित दिलाउन ओड्सने इडवार्डले २ गोल गरे भने विलफ्रिड जाहा १ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८औं मिनेटमा टोटनहम १० खेलाडीमा समेटिएको थियो । उसका डिफेन्डर जाफेट टांगंगा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

टोटनहम १० खेलाडीमा समेटिएको फाइलन क्रिस्टल प्यालेसले उठायो । ७६औं मिनेटमा जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाए।

त्यसछपि ८४औं र इन्जुरी समयको दोस्रो मिनेटमा इडवार्डले गोल गरेपछि क्रिस्टल प्यालेस विजयी भयो। यो क्रिस्टल प्यालेसको पहिलो जित हो भने टोटनहमको पहिलो हार ।

Facebook Comments Box