समूह विजेता भन्दै स्वीडेन अन्तिम १६मा

स्वीडेन समूह ईको विजेता भन्दै युरोकपको अन्तिम १६मा प्रवेश गरेको छ। बुधबार राति सेन्ट पिटर्सबर्गमा भएको समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई ३–२ले पराजित गर्दै स्वीडेन समूह इको विजेताका रुपमा अन्तिम १६मा प्रवेश गरेको हो।

समूह चरणमा २ जित र एक बराबरी खेलेको स्वीडेन ७ अंकसहित शीर्ष स्थानमा रह्यो । समूहबाट स्पेन दोस्रो हुँदै नकआउट चरण पुगेको छ। २ बराबरी १ जित निकालेको उसको ५ अंक भयो । ३ अंक जोडेको स्लोभाकिया तेस्रो र १ अंक जोडेको पोल्यान्ड चौथो स्थानमा रहे।

स्वीडेनको जितमा इमिल फोर्सबर्गले २ गोल गरे भने अर्को गोल भिक्टर क्लाइसनले गरे । पोल्यान्डका लागि दुवै गोल रोबर्ड लेवान्डोस्कीले गरे ।

फोर्सबर्गले १७औं मिनेटमा गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकिएको खेलमा ५९औं मिनेटमा फोर्सवर्गले नै गोल गर्र्दै स्वीडेनका अग्रता दोब्बर बनाए ।

६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । ८४औं मिनेटमा लेवान्डोस्कीले नै गोल गदैृ खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा क्लाइसनले गोल गर्दै स्विडेनलाई ३–२ जित दिलाउँदै समूह इको विजेता बताए ।

अब उसले क्वार्टरफाइनल प्रवेशका लागि स्वीडेनले युक्रेनको सामाना गर्ने छ। युक्रेन समूह सीको तेस्रो हुँदै नकआउट चरण प्रवेश गरेको हो।

Facebook Comments Box