स्वीट्जरल्यान्डसँग रोकियो जर्मनी

युइएफए नेसन्स लिगको लागतार दोस्रो खेलमा जर्मनले निराशाजनक बरारबी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनी स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

यसअघि पहिलो खेलमा जर्मनी अन्तिम मिनेटमा सम्हालिन नसक्दा स्पेनसँग पनि १–१को बराबरीमै रोकिएको थियो । पछिल्ला दुई वर्षयता जर्मनीले खराब प्रदर्शन गरिरहेको छ ।

मिडफिल्डर इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए । उनले खेलको १४ औं मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै जर्मनीलाई खेलमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० मै सकियो । दोस्रो हाफको सुरुवातमै स्वीट्जरल्यान्डले खेललाई बराबरीमा ल्यायो । ५७औं मिनेटमा सिल्वन विडमरले पेनाल्टी एरियाबाट गोल गर्दै स्विट्जल्याण्डका लागि बराबरी गोल फर्काए । लागतार दोस्रो खेलमा पनि सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा जर्मनी अंक गुमाउन बाध्य भयो ।

लिग ए समूह डी जर्मनी २ अंकसहित तेस्रो र १ अंक जोडेको स्वीट्जरल्यानड चौथो स्थानमा छ । यो समूहमा ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ भने ३ अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ ।

आइतबार राति नै भएका अन्य खेलमा फिनल्यान्डले आयरल्यानडलाई १–०ले, ग्रिसले कोसोभोलाई २–१ले पराजित गर्दा माल्टा र लाट्भियाले १–१ र सर्बिया र टर्कीले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP