रोनाल्डोविनाको पोर्चुगल स्वीट्जरल्यान्डसँग पराजित

Read Time:1 Minute

युईएफए नेसन्स लिगमा पोर्चुगल पराजित भएको छ। आइतबार राति स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको पोर्चुगल स्वीट्जरल्यान्डसँग १–०ले पराजित भएको हो ।

खेलको पहिलो मिनेटमै हरिस सेफेरोभिकले गरेको गोल स्वीट्जरल्याण्डलाई जित दिलाउन निर्णायक बन्यो । नेसन्स लिगमा पोर्चुगलको यो पहिलो हार हो । यसअघि उसले २ जित र १ बराबरी खेलेको थियो।

खेलमा स्वीट्जरल्यान्डमाथि निरन्तर दाबब बनाएपछि पोर्चुगलले गोल भने गर्न सकेन्। ५८ प्रतिशत बल पोजेसन बनाएको उसले २० सट प्रहार गर्दा ८ सट फ्रेममा थियो। यता, स्वीट्जरल्यान्डले ५ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो।

पोर्चुगलको ४ खेलमा ७ अंक छ र उ दोस्रो स्थानमा छ। स्वीट्जरल्यान्ड भने ३ अंकसहित पुछारमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा मुख्यालयमा ललितकृष्णको सालिक
Next post चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा
Close