जितका बावजुद स्विट्जरल्यान्ड नकआउट प्रवेश गर्न असफल

युरोकप २०२० अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा स्विट्जरल्यान्ड विजयी भएको छ। जितका बावजुद स्विट्जरल्यान्डले नकआउट चरणमा सिधा प्रवेश पाउन भने असफल भएको छ।

टर्कीविरुद्धको खेलमा स्विट्जरल्यान्डले ३–१ को प्रभावशाली जित निकालेको थियो। तर त्यो उसलाई अन्तिम १६ मा स्थान पक्का गर्न भने पर्याप्त भएन।

इटालीसँग हार्‍यो वेल्स, हारका बावजुद नकआउट पुग्न सफल

स्विट्जरल्यान्डलाई हेरिस सेफेरोभिचले छैठौं मिनेटमा अग्रता दिलाएका थिए। यसैगरी जर्दान साकिरीले २६ मिनेट र ६८ मिनेट दुई गोल गर्दै स्विट्जरल्यान्डको जित सुनिश्चित गरे। युक्रेनका लागि इरफान काह्भेचीले ६२औं मिनेटमा सान्त्वना गोल गरेका थिए।

३ खेलमा समान १ जित, १ हार र १ बराबरीको नतिजा निकालेका वेल्स र स्विट्जरल्यान्डको समान ४ अंक भएपनि वेल्स उपविजेताका रुपमा नकआउट पुग्दा स्विट्जरल्यान्डको आगामी यात्रा भने अनिश्चित नै रहेको छ। गोलअन्तरका आधारमा अगाडी रहँदै वेल्सले नकआउट समिकरण पूरा गरेको हो।

युरोकपको ‘डार्क हर्स’ मानिएको टर्की भने समूह चरणबाटै बाहिरिएको छ। तीन खेलमा तीनै खेलमा पराजय बेहोरेको टर्कीको युरो यात्रा टुङ्गिएको छ। युरोकप छनोटमा जम्मा ३ गोल मात्र खाँदै उत्कृष्ट डिफेन्स र मिडफिल्ड प्रदर्शन गरेको टर्कीलाई धेरैले युरोकप २०२० को ‘डार्क हर्स’ मानेको थिए।

तर टर्कीले छनोटको फर्मलाई युरो २०२० मा निरन्तरता दिन नसकेपछि शून्य अंकमा समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा इटालीको सामना गरेको टर्की ३–० ले पराजित भएको थियो।

यसैगरी, दोस्रो खेलमा वेल्ससँग २–० ले पराजित भयो भने अन्तिम खेलमा स्विट्जरल्यान्डसँग ३–१ ले पराजित भएको छ। समग्रमा ३ खेलमा टर्कीले ८ गोल खाँदा १ गोल मात्र गर्न सफल भएको थियो।

स्विट्जरल्यान्डको नकआउट सम्भावना

समूहको उपविजेता बन्दै नकआउट प्रवेश गर्न असफल भएको स्विट्जरल्यान्डको नकआउट समीकरण भने अन्त्य भइसकेको छैन। ४ अंक जोड्न सफल भएसँगै तेस्रो स्थानमा रहने शीर्ष टिमका रुपमा नकआउट प्रवेश गर्ने धेरै सम्भावना छ।

युरोकपमा ६ वटा समूहका शीर्ष २ टिम सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् भने तेस्रो स्थानमा रहेका मध्ये शीर्ष ४ टिमले पनि नकआउटमा प्रवेश पाउनेछन्।

समूह चरणमा ४ अंक जोडेको स्विट्जरल्यान्डको तेस्रो स्थानमा रहँदै नकआउट प्रवेश गर्ने सम्भावना उच्च रहेको छ। यद्यपी उसले नकआउट प्रवेश गर्ने नगर्ने टुंगो लाग्नका लागि अन्य सबै समूहका खेल सकिनु पर्नेछ।

Facebook Comments Box