स्यान्सुले सातदोबाटोबाट ए डिभिनज लिग खेल्ने

युवा फुटबलर श्यान्सु भुसालले आसन्न ए डिभिजन लिग सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन् । यसै सिजन सहिद स्मारक ए डिभजन लिगमा बढुवा भएको सातदोबाटोले युवा मिडफिल्डर स्यान्सुलाई अनुबन्धन गरेको हो।

कतारमा अध्ययन गर्दै फुटबल खेल्दै आएका श्यान्युले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेका हुन् । उनी गत वैशालमा नेपाली राष्ट्रिय टिमको प्रारम्भिक छनोट भएपछि नेपाल आएका थिए।

उनले गत वैशाखमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग एफसी चितवन एफसी बाट खेलेका थिए । उनी कतारी क्लब अल वक्रबाट उमेर समूहको फुटबल खेल्दै आएका छन् ।

सातदोबाटोले यसअघि नै गत सिजनको च्याम्पियन टिम मछिन्द्रबाट खेलेका डिफेण्डर पिटर सेगुनलाई अनुबन्ध गरिसकेको छ भने पासाङ लामा, रन्जन पुन र करन रावतलाई पनि अनुबन्ध गरेको छ।

Facebook Comments Box