टासी घले फेरि बने एन्फको मनार्थ अध्यक्ष

टासी घले फेरि अखिल नेपाल फुटबल संघ एन्फाको मानार्थ अध्यक्ष बनेका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालीन बैठकले घलेलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

घलेलाई एन्फा फर्काउनको लागि सोमबारै एन्फाको आपतकालिन समितिको बैठक बस्ने तय थियो । तर समितिको पाँच सदस्यमध्ये एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका पंकज विक्रम नेम्वाङ स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यसपछि एन्फाले मंगलबार कार्यसमितिको आपतकालीन बैठक बोलाएर घलेलाई फर्काउनेलगायतको निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पाको वर्तमान नेतृत्वले घलेलाई यसअघि पनि मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो। तर आन्तरिक विवादपछि फेरि हटाएको थियो ।

यसैगरी एन्फाले जिल्ला फुटबल संघ भक्तपुरको कार्यसमिति बिगठन गरी तदर्थ समिति गठन गरेको छ । हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै कार्यसमितिबैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

विधान र नियमावली अनुसार हुनुपर्ने क्लब दर्तासमेत नभएको र क्लब संख्यासमेत नपुर्‍याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको, एन्फाले पठाएको प्रतियोगिता नियमावली आफुखुशी सच्याई आफू अनुकुलको रकम उल्लेख गरी रकम उठाई लिग सञ्चालन गरेको पनि आरोप लगाइएको छ ।

यसैगरी मंगलबार कार्यसमिति बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका महिला तथा पुरुष टिमका ३५(३५ जना गरी ७० जना खेलाडीको कोभिड–१९ को विमा गर्ने निर्णय पनि गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.