रुसमाथि डेनमार्कको सानदार जित, समूहमा दोस्रो हुँदै नकआट चरणमा

समूह चरणको अन्तिम खेलमा रुसमाथि सानदार जित निकाल्दै डेनमार्क युरोकपको नकआट चरण प्रवेश गरेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा रुसलाई ४–१ले हराउँदै डेनमार्क नकआट चरणा प्रवेश गरेको हो।

समूह बीमा सरुआती दुई खेलमा पराजित भएको डेनमार्कलाई समूहमा दोस्रो हुँदै नकआउट चरण पुग्न रुसविरुद्धको ४–१को जित पर्याप्त रह्यो । यो समूहमा डेनमार्क, रुस र स्कटल्यान्डको समान ३ अंक भएपनि गोलअन्तरमा डेनमार्क दोस्रो, फिनल्यान्ड तेस्रो र रुस चौथो भए ।

डेनमार्कको हारपछि रुस समूह चरणबाटै बाहिरिँदा पहिलो पटक यरोकप खेलिरहेको फिनल्यान्डको भने नकआउट चरण पुग्ने सम्भवना बाँकी छ । अब उ तेस्रो स्थानको उत्कृष्ट चारमा रहँदै नकआट चरण पुग्न सक्ने छ। यो समूहमा शतप्रतिशत जितसहित बेल्जियम शीर्ष स्थानम रह्यो।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक(एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २(० को बनाए ।

७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २(१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।

अब डेनमार्कले समूह एको उपविजेता वेल्ससँग खेल्ने छ।

Facebook Comments Box