रियल मड्रिड सर्वाधिक ब्रान्ड भ्यालु भएको क्लब

रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान क्लब बनेको छ । ब्रान्ड फाइनान्स फुटबलले बुधबार सार्वजनिक गरेको क्लबको ब्रान्ड भ्यालुको सूचीमा स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेको हो ।

सन् २०२०मा रियलको ब्रान्ड भ्यालु १४ हजार ४ सय १९ मिलियनर युरो छ । कोरोना भाइरसका कारण रियलको ब्रान्ड भ्यालु गतवर्षको भन्दा १४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष पनि रियल शीर्ष स्थानमै थियो ।

स्पेनकै अर्को क्लब सर्वाधिक ब्रान्ड भ्यालु हुने क्लबको सूचीमा दोस्रो स्थानमा छ । बार्सिलोना रियलभन्दा ६ मिलियनले मात्रपछि छ । उसको ब्रान्ड भ्यालु १४१३ मिलियन युरो छ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

यस्तै, १३१५ मिलियन युरो ब्रान्ड भ्यालु भएको युनाइटेड तेस्रो स्थानमा छ भने इपिएल च्याम्पियन लिभरपुल १२६२ मिलियन ब्रान्ड भ्यालुका साथ तेस्रो स्थानमा छ । पाचौं स्थानमा रहेको म्यान्चेस्टर सिटीको ११२४, छैठौं स्थानको बार्यन म्युनिखको १०५६, सातौं स्थानको पिएसजीको ९६७, आठौं स्थानको चेल्सीको ९४९, नवौं स्थानको टोटनह्यामको ७८४ मिलियन युरो ब्रान्ड भ्यालु छ भने १०औं स्थानमा रहेको आर्सनलको ब्रान्ड भ्यालु ७१९ मिलियन छ ।

कोरोना भाइरसका कारण यस पटक समग्रका क्लबको ब्रान्ड भ्यालु ७५१ मिलियन अर्थात् ३.७ प्रतिशतले घटेको छ । ६ वर्षमा पहिलो पटक यतिधेरै ब्रान्ड भ्यालु घटेको हो । यो पटक जर्मन क्लब एफसी क्लोन, आरबी लेइपजिग र इंग्लिस क्लब टोटनह्यामको ब्रान्ड भ्यालु सर्वाधिक वृद्धि भएको छ । यिनीहरुको ब्रान्ड भ्यालु ४० प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२०मा सर्वाधिक ब्रान्ड भ्यालु भएका क्लबको शीर्ष १० मा ६ इंग्लिस क्लब छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यान्चेस्टर सिटी, चेल्सी, टोटनह्याम र आर्सनल छन् । यस्तै शीर्ष ५०मा १९ इंग्लिस क्लब छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *