बर्नाबेउ फर्कियो रियल

Read Time:2 Minute

स्पेनिस रियल मड्रिड घरेलु मैदान सान्टियागो बर्नाबेउ फर्किएको छ। १८ महिनापछि रियल आइतबरबाट बर्नाबेउमा फर्कन लागेको हो।

ला लिगाअन्तर्गत आज राति १२ः४५ बजे हुने सेल्टाभिगोसँगको खेल रियलले बर्नाबेउमा खेल्ने छ। रियल ५६० दिनपछि बर्नाबेउमा खेल्न लागेको हो।

कोरोना महामारी सुरु भएपछि रियलले बर्नाबेउको पुननिर्माण सुरु गरेको थियो । १८ महिला लगाएर रियलले बर्नाबेउलाई नयाँ स्वरुप दिएको छ।

रियलले कोरोना महामरी सुरु हुनुअघि सन् २०२०को मार्च १मा बार्सिलोनाविरुद्ध बर्नाबेउमा अन्तिम खेलेको थियो । सो खेलमा रियल २–०ले विजयी भएको थियो । त्यसयता रियलले घरेलु मैदानका रुपमा अल्फ्रेडो डि स्टेफानो मैदानलाई प्रयोग गर्दै आएको थियो ।

शनिबार मात्र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजे नयाँ बर्नाबेउमा रियलका खेलाडीलाई स्वागत गरेका थिए । बर्नाबेउमा पुनः फुटबल फर्कन लागेको खुसी व्यक्त गरेका थिए । शनिबार रियलका खेलाडीले बर्नाबेउमै अभ्यास गरेका थिए।

‘बर्नाबाउमा फेरि फुटबल फर्कंदैछ । यो निकै रोमाञ्चक स्थिति हो,’ उनले भनेका थिए, ‘यो अवधि हाम्रो लागि मात्र होइन्, सबैका लागि सुखद रहेन् । यी कठिन समय थिए ।’

स्पेनिस सरकारले खेल हेर्न ६० प्रतिशत मात्र दर्शन उपस्थित हुन अनुमति दिएकाले करिब ५० हजार दर्शक मात्र बर्नाबेउमा उपस्थित हुने छन्। बर्नाबेउमा फुबटल सुरु भएपछि रंगशाला पूर्णरुपमा निर्मााण भने भइसकेको छन्। सन् २०२२ को अन्त्यसम्म बर्नाबेउले पूर्णरुपमा नयाँ स्वरुप पाउने छ र, मैदानलाई पूर्णरुपमा ढाक्न सकिने बर्नाबेउ तयार हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विराटनगरले भित्र्यायो वेस्टइन्डिजका हेमराज चन्द्रपउल
Next post दीपेन्द्रसिंह ऐरीले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमउने
Close