‘फिफा वर्ष खेलाडी’का लागि मेसीसँग बेन्जिमा र एम्बाप्पेको प्रतिस्पर्धा

Read Time:2 Minute

विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ को फिफा वर्ष खेलाडीका लागि अन्तिम तीन जनाको नोमिनेशन सार्वजनिक गरेको छ। सन् २०२२ भर गरेको प्रदर्शनमा आधारमा फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम तीनको नोमिनेशन सार्वजनिक गरेको हो।

अन्तिम तीनको नोमिनेशनमा फ्रेन्च क्लब पिएसजीका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीसँगै फ्रेन्च स्ट्राइकरद्वय रियल मड्रिडका करिम बेन्जिमा र पिएसजीका किलियन एम्बाप्पे छन्।

सन् २०२२मा मेसीको प्रदर्शन पिएसजीका लागि ठीकठाक मात्र थियो । तर, अर्जेन्टिनाका लागि उनको प्रदर्शन उत्कृष्ट रह्यो। अर्जेन्टिनालाई मेसीले आफ्नै नेतृत्वमा ३६ वर्षपछि विश्व च्याम्पियन बनाए। उनी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडी पनि बने।

यता, चोटका कारण कतार विश्वकप गुमाएपनि ३५ वर्षीय बेन्जिमाले रियलका लागि भने उत्कृष्ट प्रदर्शन गरेका थिए । रियललाई च्याम्पियन्स लिग र ला लिग उपाधि दिलाउने क्रममा उनको प्रदर्शन अविश्वसनीय थियो। सोही प्रदर्शनका आधामार उनले बालोन डे’ओर पनि जितेका थिए।

युवा स्ट्राइकर किलियन एम्बाप्पेले क्लब र देश दुवैका लागि सन् २०२२मा उत्कृष्ट प्रदर्शन गरेका थिए। कतारमा विश्वकपको फाइनलमा एम्बाप्पेले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए, तर फ्रान्स उपविजेतामै सीमित भयो । उनी कतार विश्वकपका गोल्डेन बुट विजेता पनि हुन्।

यस्तै, फिफा वर्ष खेलाडीको महिलातर्फ इंग्ल्यान्डकी स्ट्राइकर बेथ मिड, अमेरिकाकी एलेक्स मोर्गन र स्पेनकी एलेक्सिया पुटेलियस नोमिनेसनमा परेकी छिन्।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लगातार ४ हारपछि एसी मिलानको जित
Next post कसले जित्ला पुस्कास अवार्ड, रिचार्लिसन, पयट र ओलेस्की ?
Close