कोपा अमेरिका ब्राजिलले आयोजना गर्ने

दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कन्मेबोल)ल कोपा अमेरिका फुटबल आयोजनाको जिम्मा ब्राजिललाई लिएको छ । कन्मेबोलले प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी रहेको अवस्थामा ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो।

यअसघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियामा संयुक्त रुपमा आयोजना हुने तय थियो । सरकारविरोधी आन्दोलन चर्किएपछि कोलम्बियाले २ साताअघि नै प्रतियोगिता आयोजनाबाट हात झिकेको थियो ।

यस्तै, सोमबार बिहानमात्रै कोरोना महामरीका कारण अर्जेन्टिनामा कोपा अमेरिका हुन नसक्ने निष्कर्ष कन्मेबोलले निकालेको थियो। कोरोनाको दोस्रो लहर फैलिएपछि अर्जेन्टिनमा १ महिनाका लागि सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ।

प्रतियोगिता १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुने छ। सन् २०१९मा पनि कोपा अमेरिका ब्राजिलमै आयोजना भएको थियो । उपाधि पनि ब्राजिलले नै जितेको थियो।

Facebook Comments Box