नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार साफ च्याम्पियनसिपका लागि नेपालले असोज १० गते कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने छ।

खेल कतार युनिभर्सिटी फुटबल ग्राउण्डमा नेपाली समय अनुसार बेलुका ७ बजे हुने एन्फाले जनाएको छ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम एक सातअधि कतार पुगेको थियो । त्यहाँ २ साता तयारी गरेपछि नेपाली टिम उतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जाने छ।

साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा अक्टोबर १ देखि १५ सम्म हुनेछ ।

Facebook Comments Box