वेस्ट फिफा अवार्ड : मेसीलाई लेवान्डोस्की र सलाहको चुनौती

फिफाले द बेस्ट फिफा अवार्डको उत्कृष्ट तीनको मनोनयन सार्वजनिक भएको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची सार्वजनिक गरेको हो ।

बेस्ट अवार्ड पुरुषतर्फ बालोन डे’ओर विजेता लियोनल मेसीसँगै २०२०का विजेता रोबर्ट लेवान्डोस्की र मोहम्मद सालाह नोमिनेसनका परेका छन् । यस्तै, महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास उत्कृष्ट तीनमा परेका छन् ।

यसैगरी वर्ष पुरुष प्रशिक्षकमा म्यान्चेस्टर सिटीका पेप ग्वार्डीवाला, इटालीका रोबर्टो मान्सिनी र चेल्सीका थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान नोमिनेसनमा छन्।

यस्तै, फिफमा उत्कृष्ट गोलकिपर बन्ने दौडमा फ्रेन्च क्लब पिएसजी तथा इटालीका जियानलुजी डोनारुमा, चेल्सी तथा सेनेगलका इडवार्ड मेन्डी र बायर्न म्युनिख तथा जर्मनीका म्यानुएल नुएर छन् ।

यसैगरी वर्षभरिको उत्कृष्ट गोललाई दिइने पुस्कास अवार्डका लागि टोटनहमका एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा छन्।

फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ ।

Facebook Comments Box