साफ च्याम्पियनसिप खेल्न नेपाली टिम माल्दिभ्समा

अक्टोबर १ बाट सुरु हुने साफ च्याम्पियनसिप खेल्न नेपाल राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । नेपाली टिम कतारमा दुई सता प्रशिक्षण गरेर सोमाबार साँझ उतैबाट माल्दिभ्स पुगेको हो।

१३ औं संस्करणको साफ च्याम्पियनसिप १ देखि १५ माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक माल्दिभ्ससँग खेल्ने छ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ। त्यस्तै, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नहुने भएपपछि यो पटक साफ च्याम्पियनसिपमा ५ टिममात्र छन्। सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

ुसाफ च्याम्पियन्सपका लागि नेपाली टिमले तीन महिनाभन्दा बढी समयदेखि प्रशिक्षण गरिरहेको छ। साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले दशरथ रंगशालामा भारतसँग २ मैत्रीपूर्ण खेल खेलेका थियो भने कतारमा आइतबार मात्र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

यस्ताे छ नेपाली टिम ?

किरण चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ, कमल थापा, सुमन अर्याल, दिनेश राजवंसी, सुरज जिउ ठकुरी, नितिन थापा, विशाल राई, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, सुनिल बल, सुमनल लामा, अन्जु विष्ट, नवयुग श्रेठ, मनिष डाँगी, आयुष घलान।

Facebook Comments Box