एसियन कप छनोट खेलेर स्वदेश फर्कियो महिला फुटबल टिम

उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टिम नेपाल फर्किएको छ । नेपाली महिला टिम बिहीबार नेपाल फर्किएको हो। नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले त्रिभुवन विमानस्थालमा स्वागत गरेका थिए।

एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगितामा छनोट हुन भने सकेन । छनोट प्रतियोगितामा हङकङ र फिलिपिन्ससँगै समूह एफमा रहेको नेपालले १ बराबरी र १ हारको सामाना गरेको थियो।

नेपाली टिम पहिलो खेलमा फिलिपिन्ससँग जित नजिक पुगेर २–१ले पराजित भएको थियो भने हङकङसँग गोलरहित बरारबरी खेलेको थियो ।

Facebook Comments Box