च्याम्पियन्स लिगमा चम्किए ब्राजिलियन खेलाडी

च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम दिन ब्राजिलियन खेलाडीको नाममा रह्यो । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम दिन भएका ८ खेलमा भएका २६ गोलमध्ये १२ गोलमा ब्राजिलियन खेलाडीको प्रत्यक्ष संलग्नता रह्यो । जसमा एक ह्याट्रिकसहित ८ गोल र ४ असिस्ट छन् ।

बुधबार राति भएको खेलमा नेमार, गाब्रिअल जेसुस, फिलिपे काउटिन्हो, भिनिसियस जुनियर, रोड्रिगो गोस र फिलिपे अगुस्टोले गोल गर्दा नेमार, कासिमिरो र रोड्रिगोले असिस्ट गरेका थिए ।

यो सिजन फर्ममा नरहेका म्यान्चेस्टर सिटीका जेसुसले बुधबार राति डाइनामो जाग्रेबविरद्ध भने उत्कृष्ट प्रदर्शन गरे । घरेलु मैदानमा सिटीलाई ४–१ के जित दिलाउने क्रममा जेसुसले ह्याट्रिक गरे । उनले ३४, ५० र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

च्याम्पियन्स लिगमा कुल १२ गोल गरेका जेसुस च्याम्पियन्स लिगमा १० गोल गर्ने कान्छा ब्राजिलियन खेलाडी बनेका छन् । जाग्रेबविरुद्ध गोल गर्दा जेसुस २२ वर्ष २५२ दिनका थिए । उनीभन्दा अघि नेमारले २३ वर्ष ७५ दिनमा यो उपलब्धि हासिल गरेका थिए ।

बुधबार राति चम्किने अर्का ब्राजिलियन खेलाडी सुपरस्टार नेमार । बुधबार राति भएको खेलमा नेमारले १ गोल २ असिस्ट गरेका थिए । नेमारको उत्कृष्ट प्रदर्शन मद्दतमा पिएसजीले टर्कीस क्लब गालाटासारेलाई ५–०ले हराएको थियो । पिएजीले गरेका पाचैं गोलमा नेमार प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न थिए ।

नेमारले गालातासारेविरुद्ध १०मा ९.४ रेटिङ पाएका थिए । खेलमा उनले गोलका ८ अवसर सिर्जना गरेका थिए भने जसमा ५ सट प्रहार गरेका थिए । उनले ३ महत्वपूर्ण ट्याकल पनि गरेका थिए । गालाटासारेविरुद्ध नेमारले ३७.२१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेका थिए ।

सन् २०१३ को सेप्टेम्बरमा च्याम्पियन्स लिगमा डेब्यू गरेयता नेमारले ९ फरक खेलमा गोल र असिस्ट गरेका छन् । फरक खेलमा गोल र असिस्ट गर्नेमा नेमार रोनाल्डो र मेसी भन्दा मात्र पछि छन् । रोनाल्डोले सर्वाधिक ११ खेलमा गोल र असिस्ट गर्दा मेसीले १० खेलमा यो उपलब्धि हासिल गरेका छन् ।

च्याम्पियन्स लिगको समूह चरणेका अन्मित खेलमा क्बल बुर्गविरुद्ध रियललाई जित दिलाउने क्रममा ३ ब्राजिलियन खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । जसमा १८ वर्षीय रोड्रिगो, १९ वर्षीय भिनिसिएस र कासिमिरो छन् । रोड्रिगोले ५३ औं मिनेटमा गोल गरेका थिए भने भिनिसियसलाई गोलका लागि पास दिएका थिए । यस्तै, कासिमिसोले इन्जुरी समयमा लुका मोड्रिचले गरेको गोलमा असिस्ट गरेका थिए ।

यसै सिजन रियल आएका रोड्रिगोले ११ खेल खेलका छन् । जसमा ७ खेलमा सुरुवाती लाइनअपमा परेका थिए भने ४ खेलमा सब्स्टिच्यूच खेलाडीका रुपमा मैदान छिरेका थिए । रोड्रिगोले ह्याट्रिकसहित ६ गोल गरेका छन् भने २ असिस्ट पनि गरेका छन् । यता, भिनिसियसले ६४ औं मिनेटमा रोड्रिगोका पासमा गोल गर्दै च्याम्पियन्स लिगमा गोलको खाता खोले ।

टोटनह्यालाई ३–१ ले हराएको खेलमा बार्यन म्यूनिखका लागि फिलिपे काउटिन्होले पनि एक गोल गरे । टोटनह्यामविरुद्ध काउटिन्होले १ गोल, १ महत्वपूर्ण पास, ५ सट प्रहार गरेका थिए । यस्तै, उनले ४९ पास साथीलाई उपलब्ध गराएका थिए भने ८ मध्ये ५ ड्रिब्लिङ पुरा गरेका थिए । उनले २ महत्वपूर्ण ट्याकल पनि गरेका थिए ।

लोकोमोटिभ मस्को विरुद्धको खेलमा एट्लेटिको मड्रिडका ब्राजिलयन डिफेन्डर फिलिपेले गोल गरेका थिए । उनले ५४औं मिनेटमा कप्तान कोकेको पासमा गोल गरेका थिए । उक्त खेलमा एट्लेटिको २–० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP