
कसले जित्ला पुस्कास अवार्ड, रिचार्लिसन, पयट र ओलेस्की ?
फिफाको ‘द वेस्ट’ अवार्डको एउटा विधा हो, पुस्कास अवार्ड । यो अवार्ड वर्षभरि भएका गोल मध्येको सर्वोत्कृष्ट गोललाई प्रदान गरिन्छ।
फिफाले सन् २०२२को पुस्कास अवार्ड कसले जित्छ भन्ने धेरैको चासो छ। यो अवार्डका लागि अन्तिम तीनको नोमिनेशन सार्वजनिक गरेको छ। यो अवार्डका लागि ब्राजिलका, रिचार्लिन, फ्रान्सका दिमित्री पयट र पोल्यान्डका मार्टिक ओलेस्कीको गोल प्रतिस्पर्धामा छन्।
पुस्कास अवार्डको नोमिनेशनमा परेको रिचार्लिसनको गोल कतार विश्वकपको गोल हो । ब्राजिलियन स्ट्राइकर रिचार्लिसले समूहको पहिलो खेलमा स्वीट्जरल्यान्डविरुद्ध भिनिसियस जुनियरको पासमा डिबक्सभित्रबाट गरेको ओभर हेड गोल पुस्कार अवार्डको मुख्य दाबेदार हो। यो गोल कतार विश्वकपको उत्कृष्ट गोल पनि बनेको थियो।
यस्तै, फ्रेन्च क्लब मार्सेलीका स्ट्राइकर पयटले युईएफए कन्फ्रेन्स लिगमा गरेको गोल नोमिनेशनमा परेको छ । पयटले कन्फ्रेन्स लिगअन्तर्गत पिएओके तसिलोनिकीविरुद्ध डिबक्स बाहिरबाट गरेको भली गोल नोमिनेशनमा परेको हो।
पोल्यान्डका अपांगता भएका खेलाडी ओलेस्कीले वार्टा पोजनका लागि स्टिल रोज्जोले गरेको ओभर हेड गोल पुस्कास अवार्डको नोमिनेसनमा छ।