मेसी सर्वाधिक कमाउने फुटबलर, रोनाल्डो दोस्रो स्थानमा

स्पेनिस क्लब बार्सिलोनका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् । फोब्सले भर्खरै सर्वाजनिक गरेको सन् २०२०मा सर्वाधिक कमाई गर्ने फुटबलरको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

सन् २०१९ मा भने युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी थिए । रोनाल्डोलाई ९ मिलियनले पछि पार्दै मेसी सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । मेसी वार्षिक १ सय मिलियन डलर कमाउने दोस्रो फुटबलर बनेका छन् । यसअघि रोनाल्डो मात्र १ सय मिलियन डलर कमाउने खेलाडी थिए ।

मेसीले बार्षिक आम्दान १२७ मिलियन डलर छ । उनले ९२ मिलियन पारिश्रमिक वापत पाउँछन् भने ३४ मिलियन स्पोन्सरसिपबाट पाउँछन् । गत सिजन उपाधि विहीन बनेपनि मेसीको कमाई भने घटेको छैन ।

यस्तै दोस्रो स्थानमा रहेका रोनाल्डोको वार्षिक आम्दानी ११७ मिलियन छ । रोनाल्डोले पारिश्रमिकबाट ७० लिलियन र स्पोन्सरसिपबाट ४७ मिलियन डलर वार्षिक आम्दानी गर्ने गरेका छन् । ३५ वर्षको उमेरमा पनि उत्कृष्ट लयमा रहेका रोनाल्डोले गत सिजन युभेन्ट्सका लागि ४६ खेलमा कुल ३७ गोल गरेका थिए ।

यसैगरी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्टार नेमार सर्वाधिक कमाई गर्ने सूचीमा तेस्रो स्थानमा छन् । नेमारको वार्षिक आम्दान ९६ मिलियनर छ । यस्तै, पिएसजीकै युवा स्टाइकर किलियन एम्बाप्पे चौथो स्थानमा छन् । उनको वार्षिक आम्दानी ४२ मिलियन डलर छ । उनी सर्वाधिक कमाउने युवा खेलाडी पनि हुन् ।

लिभरपुलका मोहमम्द सलाह पाँचौं स्थानमा छ भन् म्यानचेष्टर युनाइटेडका पाउल पोग्वा छैटौं स्थानमा छन् । सलाहले वार्षिक ३७ मिलियन डलर आम्दानी गर्दा फ्रेन्च मिडफिल्डर पोग्बाले वार्षिक ३४ मिलियन आम्दानी गर्छन् ।

वार्षिक ३३ मिलियनर डलर आम्दानी गर्ने बार्सिलोनाका फ्रेन्च स्ट्राइक एन्टोइन ग्रिजम्यान सर्वाधिक कमाउनेको सूचीमा सातौं स्थानमा छन् । रियल मड्रिडका गेराथ बेल आठौं स्थानमा छन् । पछिल्ला दुई सिजनदेखि बेन्चमै रहेका बेलको वार्षिक आम्दानी २९ मिलिनय छ । यस्तै, वार्षिक २७ मिलियन आम्दानी गर्ने जर्मन बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र २७ मिलियन कमाई गर्ने म्यानचेष्टर युनाइटेडका गोलकिपर डेविड डे हेया दशौँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *