लिभरपुलले भित्र्यायो बायर्नका मिडफिल्डर थिएगो

इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखका स्पेनिस मिडफिल्डर थिएगो अल्कान्टारालाई अनुबन्धन गरेको छ । लिभरपुलले थिएगोलाई २५ मिलियनर पाउण्डमा अनुबन्धन गरेको हो ।

बायर्न र लिभरपुलबीच थिएगोका ट्रान्सफरका विषयमा केही दिनअघि नै सहमति भएपनि शुक्रबार मात्र औपचारिक सम्झौता भएको हो । २९ वर्षीय थिएगोले लिभरपुलसँग ४ वर्षको सम्झौता गरेका छन् ।

थिएगो अब सन् २०२४ सम्म एन्डफिल्डमा रहेन छन् । उनले लिभरपुलमा ६ नम्बर जर्सी लगाउने छन् ।

गत सिजन लामो समय घाइते भएर मैदान बाहिर रहे पनि उनले कोरोना महमारीपछि पुनः फुटबल सुरु भएपछि भने उत्कृष्ट प्रदर्शन गरेका थिए । वितशेषतः बायर्नलाई च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा थिएगोको प्रदर्शन उत्कृष्ट थियो । गत सिजन उनले ४० खेल खेल्दै ३ गोल गरेका थिए ।

उनी सन् २०१३मा बार्सिलोनाबाट बायर्नन गएका थिए । यो सिजन उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले पनि उनलाई फर्काउन चाहेको थियो, तर उनले एन्डफिल्ड रोजेका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ३९ खेल खेल्दै २ गोल गरेका थिएगोले बायर्नबाट १ च्याम्पियन्स लिग, ७ बुन्डेसलिगा, ४ जर्मन कप र १ क्लब विश्वकपको उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP