लिभरपुल मिडफिल्डर थिएगोलाई कोरोना संक्रमण

गतसाता मात्र प्रियिमर लिगमा डेब्यू गरेका स्पेनिस मिडफिल्डर थिएगो अल्कान्टारालाई कोरोना संक्रमण देखिएको छ । आफ्ना मिडफिल्डर थिएगोमा कोरोना संक्रमण पुष्टी भएको लिभरपुलले उल्लेख गरेको छ ।

सोमबार कोरोना संक्रमण देखिएका प्रिमियर लिगका १० जनामध्ये थिएगो एक भएको लिभरपुले जनाएको छ । उनी सेल्फ आइसोलेसनम बसेका छन् । कुनै लक्षण नदेखिएका थिएगोको स्वस्थ्य अवस्था सामान्य रहेको लिभरपुलले जनाएको छ ।

जर्मन क्लब बार्यन म्युनिखबाट दुई साताअघि मात्र लिभरपुल आएका थिएगोले गत सता चेल्सीविरुद्ध खेल्दै इपिएलमा डेब्यू गरेका थिए । उनी दोस्रो हाफमा मैदान छिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP