एन्फाले बोलायो आकस्मिक बैठक, अलमुताइरीको राजीनामा प्रकरणका विषयमा छलफल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यकारी किमिटीको आकस्मिक बैठक बोलाएको छ। एन्फाले शुक्रबार ४ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी साफ च्याम्पियनसिप नेपालका आयोजना गर्नका लागि औपचारिक प्रस्ताव पठाएको छ । अब त्यस विषयमा एन्फाले छलफल गरेर विस्तृत विवरण पठाउने यसअघि नै जनाइसकेको छ ।

यस्तै फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्षको कारण आफूले राजीनामा दिने जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । उपाध्यक्ष नेम्वाङले भने आफूलाई आरोप लगाएकोमा उच्चस्तरीय छानविन समिति बनाएर आवश्यक छानविन गर्नुपर्ने माग राखेका छन् ।

Facebook Comments Box