रामोसको गोलमा रियल विजयी, शीर्ष स्थानमा ७ अंकको अग्रता

कप्तान सर्जियो रामोसको निर्णयक गोलको मद्दतमा स्पोनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । आइतबार साँझा भएको खेलमा रामोसको गोलमा रियलले एथ्लेटिको बिल्बाओलाई १–०ले हरायो ।

बिल्बाओको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ७३औं मिनेट सर्जियो लामोसले गोल गर्दै टिमलाई अग्रता दिलाए । ड्यानी गार्सियाले डिबक्समा मार्सेलोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो । त्यसपछि कुनै गोल नहुँदा खेल रियल विजयी भयो ।

कोरोना महामारीपछिका सबै ७ खेल जितेका रियलले आइतबार बिल्बाओविरुद्ध जित निकाले पनि उत्कृष्ट खेल भने पस्केन सकेन । रियलले गोलका उत्कृष्ट मुभ पनि बनाउन सकेको थिए ।

गेटाफेविरुद्धको खेलमा रामोसले निर्णायक गोल गरेका थिए । कोरोना महामारीपछि भएका ७ खेलमध्ये ५ खेलमा रामोसले गोल गरिसकेका छन् । यो सिजन रामोसले ला लिगाामा १० गोल गरिसकेका छन् ।

यो जितसँगै रियलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । रियलको ३४ खेलमा ७७ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक रहेको छ । ४८ अंकका साथ बिल्बाओ आठौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.