दशरथ रंगशालामा मास्क अनिवार्य

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न आउने दर्शकर्ला मास्क र सेनिटाइजर अनिवार्य गरेको छ।

एन्फाले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढीरहेकाले त्रिदेशिय फुटबल हेर्न दशरथ रंगशालामा आउने दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको जनाएको छ। उसले सबैको शरीरको तामपक्रम नाप्ने र सामाजिक तथा भौतिक दुरी कयम गर्ने पनि उल्लेख गरेको छ।

कोरोनाका कराण एफएसीले दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटका खेल स्थगित गरेपछि एन्फाले त्रिदेशीय फुटलब आयाजना गरेको हो । प्रतियोगितामा नेपाल सहित बंगलादेश र किर्गिस्तान सहभागी छन् ।

प्रतियो्गिताका साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले गर्ने छन् । उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्नेछन् । नेपालले १२ गते कीर्तिस्तान र १४ गते बंगलादेशसँग खेल्ने छ ।

त्रिदेशीय फुटबलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले दिने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.