त्रिदेशीय कप : आत्मघाती गोलमा बंगलादेश विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा दशरथ रंगशालामा आजबाट सुरु भएको त्रिदेशीय कप फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुआत गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा कीर्गिस्तानलाई आत्मघाती गोल मद्दतमा १–०ले हराउँदै बंगलादेशले विजयी सुरुआत गरेको हो।

एक वर्षपछि दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय खेलमा ३०औं मिनेटमा किर्गिस्तानका कुमारवज उलु बैमानले आत्मघाती गोलमा बंगलादेशले अग्रता लियो । मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल नहुँदा बंगलादेश विजयी भयो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिताको दोस्रो खेल बिहीबार नेपाल र कीर्गिस्तानबीच हुने छ। १४ गते नेपाल र बंगलादेश भिड्ने छन् भने फाइलन १६ गते हुने छ।

प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार डलर पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर पाउने छन्। प्रतियोगिताका लागि एन्फाले साधारणतर्फ ७ सय र भिआइपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ। प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.