पहिलो हाफमा नेपाल र कीर्गिस्तान गोलरहित बराबरीमा

त्रिदेशीय फुटबलअन्तर्गत शदरथ रंगशालामा जारी दोस्रो खेलमा नेपाल र कीर्गिस्तानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

कीर्गिस्तानको यू–२३ टिममाथि निरन्तर दबाब बनाए पनि नेपाल फिनिसिङमा चुक्यो । नेपालले गोका केही सुनौला अवसर गुमायो।

तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरियो भने त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेडले पनि पोस्टको दिशा लिन सकेन् । यस्तै, १४औं मिनेटमा अन्ज विष्टको प्रहार पोस्टमा लागेर फर्कियो ।

कीर्गिस्तानविरुद्ध खेल्दै त्रिदेभ गुरुङ र सन्जोग राई नेपालको राष्ट्रिष्य टिममा डेब्यू गरे ।

प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तान सहभाभी छन् । मंगलबार भएको प्रतियोगिताको उद्घाटनमा बंगलादेशले कीर्गिस्तानलाई १–०ले हराएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.