त्रिदेशीय कप : टिकट बिक्रीबाट एन्फाले उठायो १ करोड ३६ लाख

यसैसाता सम्पन्न त्रिदेशीय कप फुटबल प्रतियोगिताबाट अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीबाट १ करोड ३६ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । एन्फाले मैदान वरिपरि राखिएका विज्ञापन बोर्ड र टेलिभिजन प्रसारण अधिकार बिक्री र टिकटसहित भने १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ उठाएको छ।

दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा नेपाली राष्ट्रिय टिमले बंगलादेशलाई २–१ ले हराएर त्रिदेशीय कपको उपाधि जितेको थियो । फाइनलमामात्रै टिकट बिक्रीबाट ७४ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको एन्फाले जनाएको छ।

फाइनलमा भीआईपीतर्फका नौ सय ७७ र साधारणतर्फ पाँच हजार पाँच सय २५ टिकट जनाएको छ। फाइनलमा टिकटको मूल्य फाइनलमा भीआईपीतर्फ २ हजार रुपैयाँ र साधारणतर्फ १ हजार राखिएको थियो ।

समूह चरणका तीन खेलमा भीआईपीतर्फ १,५०० र साधारणतर्फ ७०० मा बेचिएको थियो । टिकट बिक्रीबाट पहिलो खेल ९बंगलादेश १–० किर्गिस्तान यू २३० मा ६६,२००, दोस्रो खेल ९नेपाल ०–० किर्गिस्तान यू २३० मा १७,३९,००० र तेस्रो खेल ९नेपाल ०–० बंगलादेश० मा ४३,५१,००० उठाइएको थियो ।

एन्फाले मैदान वरिपरि राखिएका रनिङ बोर्डमा चौधरी ग्रुप, नेपाल इन्भेष्टमेन्ट बैंक, मिडिया हबबाट ५–५ लाख र केटीएम सिटीबाट २ लाख आम्दानी गरेको छ। नेपाल टेलिभिजनसागको पुरानै सम्झौताअनुसार टेलिभिजन प्रसारण अधिकारबाट २० लाखमा बचेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.