त्रिदेशीय कप विजेता खेलाडीलाई जनही ४ लाख दिने सरकारको घोषणा

गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बंगलादेशलाई २–१ले पराजित गर्दै नेपाललाई त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि दिलाउने खेलाडी जनही चार लाख रुपैयाँ पाउने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिदेशीय कप विजेता नेपाली टोलीका सम्पूर्ण सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

नेपाल, बंगलादेशको राष्ट्रिय टिम तथा कीर्गिस्तानको यू–२३ टिम सहभागी प्रतियोगितामा नेपालले लिगका चरणका दुई खेलमा गोल रहित बराबरी खेलेको थियो । उपाधिसँगै नेपालले पाँच हजार डलर प्राप्त गरेको थियो भने उपविजेता बंगलादेशले २५ सय डल प्राप्त गरेको थियो।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय कप विजेता नेपाली टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.