त्रिदेशीय फुटबल एनटिभीबाट लाइभ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको त्रिदेशीय फुटबल प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। नेपाल, बंगलादेश र कीर्तिस्तान सम्मिलित त्रिदेशीय प्रतियोगिता एनटिभीबाट लाभइ हेर्न पाइने एन्फाले जनाएको छ।

प्रतियोगिता दशरथ रंगशालामा चैत १० गतेदेखि १६ गतेसम्म हुनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुने छ । लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

प्रतियोगिताको उद्घाटन खेल १० गते बंगलादेश र किर्गिस्तानबीच हुनेछ। नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तान र १४ गते बंगलादेशसँग खेल्ने छ । प्रतियोगिताको फाइनल १६ गते हुने छ। सबै खेल साँझ ५ः३०मा सुरु हुने छ।

एन्फाले प्रतियोगिताका लागि साधारणतर्फ ७ सय र भिआइपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ। एन्फाले प्रत्येक खेलमा १२ हजार टिकट बिक्री गर्ने लक्ष्य लिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार डलर पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर पाउने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.