डोनाको गोलमा हारबाट जोगियो थ्री स्टार

Read Time:1 Minute

ललितपुरे क्लब थ्री स्टारले बराबरीसँगै सहिद स्मारक ए डिभिजन लिगलाई टुंग्याएको छ। शुक्रबार भएको लिगको अन्तिम खेलमा मिडफिल्डर डोना थापाको गोलमा थ्री स्टारले बिग्रेड बोइजसँग १–१ गोलको बराबरी खेलेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी टाइममा डोलाले गोल गर्दै थ्री स्टारलाई अन्तिम खेलमा हारबाट जोगाए।

बराबरीपछि थ्रीस्टारले १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिग सकाएको छ । रेलिगेसनमा परिसकेको ब्रिगेडले १३ खेलबाट ८ अंक जोड्दै १३औं स्थानमा लिग सकाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएल मार्च २६ बाट, लिग चरणका खेल मुम्बई र पुनेमा मात्र हुने
Next post सिरि एमा मिलानका दुवै क्लबले खेले बराबरी
Close