आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै थ्री स्टार फाइलनमा

विभागीय टिम एपिएफलाई पराजित गर्दै थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा एपीएफ क्लबलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै थ्री स्टार क्लब उपाधि नजिक पुगेको हो । अब थ्री स्टारले बिहीबार हुने दाउफिन्स र त्रिभुवन आर्मीबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

यी दुईबीचको निर्धारित सयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा भने थ्री स्टार भाग्यमानी सावित भयो ।

थ्री स्टारका लागि रन्जित धिमाल, सुनिल बल, अनन्त तामाङ र रुपेश केसीले गोल गरेका थिए भने बुद्ध लिम्बूको प्रहार एपिएफका किपरले रोकेका थिए । एपिएफका सुदीप सिख्राकार र बिक्की लामा गोल गर्न चुक्दा थ्री स्टार विजयी भयो । एपीएफका आशिष लामा र सन्तोष कटवालले गोल गरेका थिए ।

थ्री स्टार सिक्कीम युनाइटेडलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो भने एफिएफ लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाइलनमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP