हिमालयन शेर्पामाथि थ्री स्टारको जित

Read Time:1 मिनेट

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबमाथि २–०को जित निकाल्यो ।

थ्री स्टारको जितमा जितमा अन्सुमाना क्रोमाहले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आत्मघाती गोलमार्फत थ्री स्टारले अग्रता लियो । ५६औं मिनेटमा ऋतिक खड्काको प्रहार रोक्ने क्रममा अमृत श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए ।

काउन्टर अट्याकमा इन्ज्युरी समयको छैठौं मिनेटमा अन्सुमाना क्रोमाहले गोल गरेपछि थ्री स्टार २–ले विजयी भयो । एक गोलले पछि परेपछि सुधारिएको खेल पस्किएको हिमालयन शेर्पाले थ्री स्टारलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै थ्री स्टार ८ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ हिमालयन शेर्पा ११ अंक जोडेर छैटौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राजु रिजाललाई समेट्दै पिएम कपका लागि सुदूरपश्चिमको टिम घोषणा
Next post सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, के हुन्छ ए डिभिजन लिग ?
Close