अपराजित संकटामाथि थ्री स्टारको जित, विजयले गरे विजयी गोल

Read Time:1 मिनेट

राजधानीमा सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले पहिलो हार बेहोको छ। लिगमा संकटालाई पहिलो हार चखाउने क्रममा शनिबार भएको खेलमा थ्री स्टार १–०को जित निकाल्यो ।

थ्री स्टारको जितमा विजय भुजेलले निर्णयाक गोल गरे । रोमाञ्चक र प्रतिस्पर्धाक खेल बराबरीतर्फ उन्मूख भएका बेला इन्जुरी समयको सातौं मिनेटमा विजयले गोल गरेपछि थ्री स्टार विजयी भयो ।

संकटाका गोलकिपर राजा बाबुले पन्च गरेको बल नियन्त्रणमा लिँदै राफायल रिमले उपलब्ध गराएको पासमा विजयले गोल गरेका थिए ।

जितसँगै थ्री स्टार संकटालाई नै पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। उसले ९ खेलमा १६ अंक जोडेको छ । १४ अंकसहित सकंटा पाँचौं स्थानमा झरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टाइगर कप भलिबलमा पुरुषतर्फ आर्मी च्याम्पियन
Next post चेल्सीमाथि सिटीको जित, शीर्ष स्थानमा १३ अंकको अग्रता
Close