अनन्त, मिक्छेन, सञ्जोक, अशोक र निशान थ्री स्टारमै

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि ललितपुरे क्लब थ्री स्टारले अधिकांश पुराना खेलाडीसँग सम्झौता नवीकरण गरेको छ। ए डिभिजन लिगका लागि थ्री स्टार राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर द्वय संजोक राई र निशान लिम्बूसँग सम्झौता नवीकरण गरेको छ।

यस्तै, युवा खेलाडी मिक्छेन तामाङ र अशोक खवाससँग पनि थ्री स्टारले सम्झौता नवीकरण गरेको छ। यस्तै ललितपुरले युवा विंगर आयुष घलान र विमल डाँगीलाई अनुबन्धन गरेको छ।

कोरोना कहरका कारण अघिल्लो सिजन रोकिएको लिग यो सिजन असोज ३ बाट सुरु हुने भएको छ। तर, थ्री स्टारसहित ललितपुरका चार क्लब ब्रिगेड बोइज, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले विरोध कोरोना सामान्य नभइसकेकाले लिग स्थागित गर्न माग गरेका छन्।

Facebook Comments Box