सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। बुधबार च्यासल मैदानमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
यो बराबरीपछि दुवै टिमलाई रेलिगेसन दबाब परेको छ। लिगका ३ चरणको खेलमात्र बाँकी रहँदा उनीहरू रेलिगेसन जोनभन्दा ३ अंकमात्र माथि छन्।
दुवै टिमले समान २३ खेलमा समान २७ अंक जोडेका छन्। गोलअन्तरका आधारमा थ्री स्टार ११औं र संकटा १२औं स्थानमा छन्।
लिगका पुछारमा रहेका दुई टिम फ्रेन्ड्स र एफसी खुमलटारको समान २४ अंक छ। लिगमा ४१ अंकसहित चर्च बोइज शीर्ष स्थानमा छ।