विश्वकपपछि ब्राजिलको टिम छाड्ने टिटेको घोषणा

Read Time:1 Minute

मुख्य प्रशिक्षक टिटेले सन् २०२२ को कतार विश्वकपपछि ब्राजिलियन टिम छाड्ने घोषाणा गरेका छन् । ६० वर्षीय प्रशिक्षक टिटेले शुक्रबार विश्वकपपछि ब्राजिलको मुख्य प्रशिक्षक पद छाड्ने बताएका हुन्।

प्रशिक्षक टिटे र ब्राजिलबीच कतार विश्वकपसम्मको मात्र सम्झौता छ। त्यसपछि सम्झौतापछि नवीकरण नगर्ने टिटेले बताएका छन् ।

सन् २०१६मा ब्राजिलियन टिममा आएका टिटेको प्रशिक्षणमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ब्राजिल कतार विश्वकपका लागि छनोट भइसकेको छ ।

टिटेको नेतृत्वमा ब्राजिल सन् २०१९को विश्वकपमा क्वार्टरफाइलनसम्म पुगेको थियो भने २०१९ मै कोपा अमेरिका जितेको थियो। यस्तै, सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा पनि पुगेको थियो।

टिटेको प्रशिक्षणमा ब्राजिलले अहिलेसम्म कुल ७० खेल खेलेको छ । जसमध्ये उसले ५ खेलमात्र हारेको छ। यस्तै, ५१ खेल जित्दा १४ खेल बराबरीमा सकिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आइपिएल नयाँ फर्म्याटमा : लिगमा ७० खेल, प्रत्येक टिमले १४ खेल खेल्ने, ५ टिमसँगमात्रै २ खेल
Next post आज सकिँदै ए डिभिजन लिग
Close