च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

युईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणका ८ खेल हुँदै छन्। राति साढे १० बजे २ खेल हुने छ भने अन्य ६ खेल राति १२ः४५मा हुने छ।

१०ः३०मा हुने खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब सख्तर डोनेस्को सामाना गर्दा डच क्लब आयाक्सले टर्किस क्लब बेसिकटासको सामाना गर्ने छ।

यस्तै, राति १२ः३०मा हुने खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले फ्रेन्च क्लब पिएसीसँग खेल्दा स्पेनिस जाइन्ट रियल मड्रिडले माल्दोभाको क्लब एफसी सेरिफको सामाना गर्ने छ ।

यसैगरी अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलान, जर्मन क्लब बोरुसिया डर्टमन्डले पोर्चुगिच कलब स्पोर्टिङ सिपी, इंग्लिस क्लब लिभरपुले अर्को पोर्चुगिच क्लब एफसी पोर्टोको सामाना गर्दा जर्मन क्लब आरबी लेइपजिगले बेल्जियन क्लब क्लब बुर्गसँग खेल्ने छ।

Facebook Comments Box